काठमाडौं । बिहीबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज बजार ५७ अंकले घटेको हो ।
उक्त दिन कारोबार रकममा बढोत्तरी आएको छ । उक्त दिन २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ । उक्त दिन सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर कारोबार भएको छ । आज कम्पनीको २१ करोड ५० लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको रिडी पावर कम्पनीको ११ करोड ६४ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
अपी पावर कम्पनीको ७ करोड ३५ लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस्तै, उक्त दिन नेपाल दुरसंचार कम्पनीको ६ करोड ६६ लाख ७७ हजार र हिमालयन डिस्टीलरीको ५ करोड ७७ लाख ८४ हजार रुपैंया बराबरको कारोबार भएको छ ।