पटकपटक संविधान उल्लंघन गर्ने ओलीको ‘संविधान दिवस’ मनाउने यस्तो तयारी !

काठमाडौं – एमाले अध्यक्ष केपी ओली लहडमा चल्ने नेता हुन् । अरुको कुरा नसुन्ने, आफूले जे सोच्यो त्यही ठीक भन्ने सोच भएका ओली प्रधानमन्त्री हुँदा पटकपटक संविधानविपरीत निर्णय गरे ।

२०७७ पुस ५ गते उनले संविधानमै उल्लेख नभए पनि प्रतिनिधिसभा विघटन गरे । ओलीले गरेको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिइन् । तर उनले गरेको सो निर्णय सर्वोच्च अदालतले खारेज गरिदियो । ओलीले फेरि पनि संविधानको प्रावधानलाई धोती लगाउँदै प्रतिनिधिसभा विघटन गरे । ओलीले पटकपटक संविधानको उल्लंघन गर्न थालेपछि सर्वोच्च अदालतले परमादेश नै जारी गरेर उनलाई प्रधानमन्त्रीबाट पदच्यूत गरिदिएको थियो ।

कतिसम्म भने ओलीले आफू निकट ५२ जनालाई संवैधानिक अंगमा नियुक्ति दिलाउन संवैधानिक परिषदको ऐन नै संशोधन गर्न अध्यादेश जारी गरे । उनले नियुक्त गरेका संवैधानिक परिषद्का पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो ।

जुन अहिले पनि सर्वोच्चमा विचाराधीन छ । यसरी पटकपटक संविधानको बर्खिलाप गर्ने ओली अहिले लोकलाजलाई देखाउनकै लागि भए पनि संविधान दिवस मनाउने भएका छन् ।

एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकाथन नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको छ । संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिनअगावै मर्निङ वाक कार्यक्रम राखेको हो ।

मर्निङ वाककै रुपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली जाने कार्यक्रम छ । एमाले अध्यक्ष ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर डबली पुग्ने भएका छन् ।

अहिलेको संविधान नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको हो । ओली, प्रचण्डलगायत संविधान जारी नै गर्न चाहँदैनथे ।

तर अहिले तिनै ओली ओठेभक्तिका लागि संविधान दिवस मनाउन पैदलयात्रामा निस्कने भएका छन् । चुनावमा लोकप्रियता हासिल गर्न ओलीले यस्तो रणनीति अपनाएका हुन् । श्रोत मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय