एमाले भित्र टिकट वितरणमा खटपट,अप्ठेरोमा १० भाई !

काठमाडौं, भदौ २९। आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई फुटाएर सिट संख्या बढाउने चाहनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)भित्रै टिकट वितरणमा खटपट हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटको समयमा माधव नेपाल समूहमा लागेर आफूलाई असहयोग गरेका १० नेतालाई सहज रुपमा टिकट नदिने संकेत गरेका छन्। दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेर विवादमा आएका ओलीले आफ्नो कदमप्रति विरोध गर्दै संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालत गएका र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मतदान गरेका १० भाइलाई ओलीले चुनावी मैदानमा समेत हेर्ने नजर फरक भएको एमालेका एक नेताले बताए ।

ती नेताले भने– ‘कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन र माधव नेपाललाई साथ दिएर पार्टी विभाजनमा ‘अप्रत्यक्ष भूमिका निर्वाह गरेका’ नेतालाई ओलीले टिकट वितरणमा सर्त तेस्र्याउने तयारीमा छन् । ’ पार्टीका पदाधिकारी रहेका भए पनि पार्टी हितविपरीत गुटबन्दी गरेर आफ्नै सरकार ढाल्न भूमिका खेलेका नेताहरुलाई सहजै टिकट दिन हुन्न भन्ने पक्षमा अध्यक्ष रहेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस् – सोमबार प्रदेशका सभामुख र उपसभामुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेका हुन् । यसबाट प्रतिनिधिसभाका सभामुखलाई समेत सन्देश दिन खोजिएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले उनीहरूलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पुर्‍याउन सुझाव दिएको उनीहरूले बताएका छन् । राष्ट्रपतिको भनाइ थियो, ‘राज्यको ढुकुटीको ठूलो हिस्सा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा जान्छ, त्यसको निगरानी गर्न र जनतालाई गुणस्तरीय सेवा दिनेलगायतका सामाजिक कार्यमा लाग्नुस् ।’

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिकारूपमा काम गर्ने अवसर प्रदान गर्ने दल र आम मतदातालाई धन्यवाद ज्ञापन गर्न सल्लाह दिँदै पुनः जिम्मेवारी प्राप्त गर्ने वा के गर्ने भन्नेमा चिन्ता नलिई ढुक्कका साथ सामाजिक काममा सक्रिय हुन सुझाव दिएकी छन् ।

सो अवसरमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनकै संयोजनमा काठमाडौमा आयोजित स्वास्थ्य सतर्कतासम्बन्धी कार्यक्रम तथा प्रदेश सभामुख र उपसभामुखले प्रदेश नं १ को आयोजनामा धनकुटामा भएको आफनो कार्यकालको समीक्षाको निष्कर्ष प्रस्तुत गरेका थिए ।

उनीहरूले प्रदेशको अभ्यास नयाँ संरचना भएपनि विविध चूनौतीका बीच सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताएको राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । बिदाई भेट गर्न पाँच प्रदेशका सभामुख र उपसभामुख तथा लुम्बिनी प्रदेशका उपसभामुख शीतल निवास पुगेका थिए ।

उक्त बिदाई कार्यक्रममा मधेश प्रदेशका सभामुख र उपसभामुख भने उपस्थित थिएनन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते घोषणा भइसकेको र आगामी असोज १ गतेदेखि कार्यकाल समाप्त हुन लागेका बेला उनीहरुले राष्ट्रपतिसँग बिदाई भेट गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय