काठमाडौं। इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अर्थात भदौ २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ७ गतेदेखि निष्काशन गरेको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जारी पुँजीको १० प्रतिशतले हुन आउने ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता आइपीओ जारी गरेको छ। कम्पनीको सो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिने सक्नेछन्।Ed-markCivil Bank

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्यता प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो पनि पढ्नुहोस् – काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा गिरावट आएको छ । आईतबार बैंकको सेयर मूल्य १.०१ प्रतिशतले गिरावट आएको हो ।
आज बैंकको सेयर मूल्य प्रतिकित्ता २ रुपैंया २० पैसाले घटेर २१५ रुपैंया कायम भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकको १ करोड ६० लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ७४ हजार ५३३ कित्ता सेयर खरिदबिक्री भएको हो ।