काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ सोमबार (भदौ २७ गते) बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा सोमबार (भदौ २७ गते) बिहान ९: १५ बजे आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो । यता, श्रृजनशील लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । यसमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् ।Ed-markCivil Bank
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५०कित्ता आईपीओ जारी गरेको हो ।
कम्पनीले कुल ३ लाख ९३ हजार ७५०कित्ता मध्ये ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषलाई बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणको लागि छुट्याएको थियो ।
\\हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडले ‘केयरनपी डबल बी माइनस इन्युअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।