ओलीले टिकट नदिएर बदला लिने संकेत गरेपछि भिम रावल तनावमा !

काठमाडौं । नेकपा एमालेका नेता भीम रावललाई यो निर्वाचनको टिकट पाउन नै सकस भएको छ। पार्टीभित्रै बाट रावललाई टिकट पाउनलाई सकस भएको छ। एमाले नेताहरु मध्ये पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो रुपमा उत्रिएका नेता रावलले यो निर्वाचनमा भने टिकट नपाउने सशंकित छन् ।

तत्कालिन नेकपा हुँदा केपी शर्मा ओलीको विरोधमा उत्रिएका रावलसंग ओली बद्ला लिन सक्ने नेताहरु बताउछन् । ओली प्रधानमन्त्री हुँदा २ पटकसम्म संसद विघटन गरेपछि रावलसहित १० जना नेताहरु ओलीको विपक्षमा उत्रिएका थिए । ओलीले संसद विघटन गरेपछि नेता रावलसहित १० नेताहरु प्रचण्ड(माधव नेपाल समूहमा आबद्द भए । उनले नेकपा विभाजन हुनबाट जोगाउन धेरै प्रयास गरे।

तर सर्वोच्च अदालतले नेकपा अवैधानिक ठहर गर्दै एमाले र माओबादी केन्द्रलाई पुरानै घरमा फर्कन आदेश दिएपछि तत्कालिन नेकपा विभाजन भएको हो। त्यसपछि माधव नेपाल समुह पनि माओबादी केन्द्र अर्थात् प्रचण्डसंग छलफल गरेर आफ्नै पुरानै घर फर्के।

त्यसपछि पनि पटक(पटक ओली र नेपाल समूहबीच पार्टी एकताको लागि छलफल भेटघाट भयो तर ओली आफ्नै ढंगले अगाडी बढ्न नछाडेपछि माधव नेपाल एमालेबाट बाहिरिए। त्यसपछि प्रधानमन्त्री देउवालाई २० प्रतिशत भए पार्टी फुटाउन मिल्ने संविधान संसोधन गर्न लगाए उनले पार्टी फुटाए। त्यसपछि उनले नेकपा एकीकृत समाजवादी पार्टी खोले।

तर ओलीसंग पार्टीभित्र संघर्षसंग १० नेताहरुले साथ दिएका भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईलगायत नेताहरु भने एमालेमै रहे। त्यसपछि पनि एमालेभित्र संघर्ष अर्थात् ओली विरुद्ध उत्रिएका नेताहरुलाई यो निर्वाचनमा निकट पाउन सकस देखिएका छन्।

एमालेको ९औँ महाधिवेशनबाट सर्वसम्मत रुपमा पार्टीको अध्यक्ष बन्न खोजेका ओलीको सपना सपनामै सिमित पारेर अध्यक्षको उम्मेदवारी दिएर ओलीसंग चुनावमा उत्रिए। ओलीले पटक(पटक छलफल गर्न बोलाए पनि रावल भने ओलीको उधारो बचनमा फसेनन । जसले गर्दा पनि ओली रावल संग असन्तुष्ट छन्। रावललाई यो पटक टिकट पाउन ओलीले नै रोक्न सक्ने नेताहरु बताउछन ।

एमाले नेता भीम रावल अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका छन् । तर संसद विघटनको विरोध गरेका र अहिले पनि ओलीको कार्यशैलीको विरोध गरेका कतिपय नेताहरु यसपालिको निर्वाचनमा टिकट पाउनेमा ढुक्क देखिन्नन् । पार्टीले चुनाव लड्न टिकट दिन्नकी भनेर उनीहरुमा एक किसिमको संशय देखिन्छ ।

सर्वसम्मत सिफारिस भएपनि रावल स्वयंम आफूले टिकट पाउँछु भन्नेमा ढुक्क छैनन् । ओलीले गरेको संसद विघटनको प्रखर विरोध गरेका तर एमाले विभाजनको अन्तिम समयमा माधव नेपाललाई साथ नदिइकन १० बुँदे सहमतिको आधारमा एमालेमै रहेका धेरै नेताहरुले आफूलाई असुरक्षित ठानेका छन्। त्यसमाथि निर्वाचन लड्न क्षेत्रबाट सिफारिस हुँदा यीमध्ये धैरै नेता एकल सिफारिसमा नपरेपछि असुरक्षाको त्यो भावना झनै बढेको उनीहरुमध्ये एक नेताले बताए ।

२०७४ सालको निर्वाचनमा अछाम १ बाट भीम रावल विजयी भएक थिए । रावलले २४८८३ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमरा स्वारले १७ हजार ७१९ मत ल्याएका थिए ।- दैनिक न्युज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय