गुल्मी । पुर्व मन्त्री तथा गुल्मी १ संघिय सांसद प्रदिपकुमार ज्ञवालीले आफ्नो निर्बाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने भएका छन् ।
नेता ज्ञवाली मतदाताहरूका घरघरमा जाने तयारीमा रहेको पार्टीले जनाएको छ । निर्धारित कार्यक्रम अनुसार एमालेका उपमहासचिव समेत रहेका ज्ञवाली भाद्र २६ गते देखि गुल्मीका दुर्गम स्थानहरूमा पुग्दैछन ।

पार्टीको कालीगण्डकी गाउँ कमिटीको आयोजनामा भाद्र २६ गते देखि २८सम्म यस पालिकाका प्रत्येक वडामा आयोजित जनभेटघाट कार्यक्रममा उपमहासचिब ज्ञवाली उपस्थितभई प्रशिक्षण दिने कार्यक्रम छ ।
कार्यकर्ताहरूलाई प्रशिक्षण, समस्याहरूको सुनुवाई र ती समस्याहरू हल गर्न साँसद ज्ञवालीले महत्वपुर्ण भुमिका निर्बाह गर्ने पार्टीले जनाएको छ।
ज्ञवाली आगामी मंसिर ४ गते हुने निर्बाचनमा गुल्मी क्षेत्रनं १ बाट संघिय संसदको लागि पार्टीबाट सर्बसम्मत सिफारिस भएका थिए सेतोमसिबाट