कांग्रेस युवानेता जीवन परियार गुल्मी आउँदै
रमेश बिश्वकर्मा गुल्मी/नबखबर
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवानेता जीवन परियार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आउने भएका छन् ।
भोलि अर्थात सोमबार नेपाली काँग्रसले देशभरी नै वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकारविरुद्ध बृहत प्रदर्शन गर्ने भएकोले गुल्मी जिल्लामा हुने विरोध प्रदर्शन तथा सभालाई सम्बोधन गर्न काँग्रेसका युवानेता तथा प्रखर वक्ता जीवन परियार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आउने भएका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार उक्त बृहत प्रदर्शन गर्न लागिएको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताए । उनले सम्पूर्ण गुल्मेली जनतालाई कार्यक्रममा सहभागिताको लागि आग्रह गरे । कम्युनिस्ट सरकारको सर्वसत्तावाद विरुद्धमा गुल्मीको सदरमुकाम तम्घासको शहिद चोकमा बृहत प्रदर्शन तथा सभा गर्न लागिएको सचिव खिलध्वज पन्थीले बताए ।
वर्तमान कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड–१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्य वृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैली र तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारको विरुद्धमा बृहत विरोध प्रदर्शन गर्न लागिएको गुल्मी काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय