गुल्मी १ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिफारिस

गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मी – १ ले आगामी निर्वाचनको लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागी नौ जना उम्मेदवार सिफारिस गरेको छ ।

आज बसेको पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य दुई जनालाई सिफारिस गरेको जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।

जिसीका अनुसार प्रतिनिधि सभा सदस्यको लागि अध्यक्ष प्रचण्ड सहित पोलिटि ब्यूरो सदस्य लक्ष्मण पन्त, प्रदेश कमिटी सदस्य पुनराम ज्ञवाली सिफारिसमा परेका छन ।

त्यस्तै प्रदेश `क´ बाट लुम्बिनी प्रदेशका अध्यक्ष शुदर्शन बराल,केन्द्रिय सदस्य श्रृजना तरामु मगर र कालीगण्डकी गाउँ कमिटिका अध्यक्ष लिल बहादुर केसि सिफारिसमा पर्दा प्रदेश `ख´ बाट जिल्ला सचीव अशोक थापा, प्रदेश `ख´ का रामचन्द्र कडेंल र वाईसीएल गुल्मीका अशोक श्रेष्ठ सिफारिसमा परेको नेकपा माओवादी केन्द्र गुल्मीले जानकारी दिएको छ । – गुल्मी अपडेटबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय