नेपाल विद्यार्थी संघ गुल्मीले वर्तमान सरकारको विरुद्धमा बाइक र्याली गर्यो
रमेश बिश्वकर्मा गुल्मी/ नब खबर

वर्तमान कम्युनिस्ट पार्टीको सरकारको सर्वसत्तावाद विरुद्धमा गुल्मीको सदरमुकाम तम्घासबजारमा बाइक र्याली गरिएको नेविसंघ गुल्मीका का.वा. सभापति राम्जी पन्थीले जानकारी दिए । वर्तमान कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड–१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्य वृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैली र तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारको विरुद्धमा बाइक र्याली गरिएको नेविसंघ गुल्मीले जनाएको छ ।

आइतबार साँझ नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासदेखि सुरु भएको बाइक र्याली तम्घासबजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभामा परिणत भएको नेविसंघ गुल्मीका सहसचिवरोशनसिंह ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय