कांग्रेस पदाधिकारीहरु, को कहाँबाट भए सिफारिस ?

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण पदाधिकारीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाउने रणनीति लिएको छ ।

पार्टी पदाधिकारीमा प्रायः सबै चुनाव जित्ने अनुहार भएको र पदाधिकारीकै निर्वाचन क्षेत्रमा गठबन्धनले पनि सिट छाड्नुपर्ने भएकाले कांग्रेसले यो रणनीति अख्तियार गरेको हो । अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका १३ जना पदाधिकारी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन् ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस भएका छन् । उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।

महामन्त्रीहरू गगन थापा काठमाडौं– ४ बाट र विश्वप्रकाश शर्मा झापा– १ बाट सिफारिस भएका छन् । सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर– २, किशोरसिंह राठौर बाँके ३ र बद्री पाण्डे बाजुराबाट।

भीष्मराज आङ्देम्बे पाँचथर, महेन्द्र यादव धनुषा– ४, उमाकान्त चौधरी बारा– १, जीवन परियार कास्की– १, फरमुल्लाह मन्सुर बारा– ३ बाट सिफारिस भएका छन् ।

नेता रामचन्द्र पौडेल तनहुँ १, बाट नेता डा. शेखर कोइराला मोरङ ६, पूर्वमहामन्त्री तथा अर्का नेता कृष्णप्रसाद सिटौला झापा– ३, पूर्वउपसभापति विजय गच्छेदार सुनसरी ३, सुजाता कोइराला मोरङ २, प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोट १, पूर्वमहामन्त्री शशांक कोइराला पूर्वी नवलपरासी– १ उधोगपति बिनोद चौधरी पूर्वी नवलपरासी– १ र २ बाट सिफारिस भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय