बालेनले चाले अर्को कडा कदम : कुलमानलाई पर्यो चुनौती

काठमाडौं, २१ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एकपछि अर्को कडा कदम चाल्न थालेका छन् ।

उनले आज विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन अल्टिमेटम दिने गरी महानगरपालिकालाई विभागीय प्रमुखमार्फत् पत्र लेख्न लगाएका छन् । सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिइएका संस्थाहरुमा नेपाल विद्युत प्राधिकरण पनि छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ छन् । प्राधिकरणलाई सम्पत्ति कर तिर्न अल्टिमेटम दिनुलाई अर्थपूर्ण मानिएको छ ।

यसैगरी, खाद्य संस्थान, हाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाँचघर, नेपाल चेम्बर अफ कमर्श, कर्मचारी सञ्चय कोष, नेशनल ट्रेडिङ्ग लिमिटेड, नेपाल जामे मस्जिद, कृषि सामाग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण

अस्पताल, आर.वि. कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल, डेन्टल कलेजलाई पनि काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख डा. शिवराज अधिकारीले हस्ताक्षरसहित सम्पत्ति कर र सो को जरिवानासहित बुझाउन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय