काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ ।
भदौ २२ गते बिहान १० बजे राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।

मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशव्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल क्रान्तिकारीले विशेष संरचना निर्माण गर्न लागेको हो ।
‘क्रान्तिकारी फोर्स’ अखिल क्रान्तिकारी केन्द्रीय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए । कार्यक्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित केन्द्रीय पदाधिकारी, प्रदेश
पदाधिकारीहरुसहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमूलक सहभागिता रहने उपाध्यक्ष शाहीले जनाकारी दिए । – मेपाल प्रेसबाट