भोलि सार्वजनिक बिदा !

काठमाडौं । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा दिएको हो । मन्त्रालयका अनुसार सार्वजनिक बिदा मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्रै लागू हुनेछ ।

यो पनि पढ्नुहोस् – बेनी। बेनीमा सोमबार एक युवतिले बाटोमा भेटाएको सुनको सिक्री प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ । रघुगंगा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान ६ बजेतिर बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेटाउनुभएको थियो ।

केसीले भेटाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाउनुभयो । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाण सहित हराएको सुनको सिक्री दावी गरेर दिउँसो प्रहरी कार्यालयमा आउनुभएको थियो ।

सो सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले प्रहरी अधिकारीहरुको उपस्थितिमा हस्तान्तरण गर्नुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केसीले इमान्दारिताको नमुना प्रस्तुत गरेकोमा अधिकारीले धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय