लुम्बिनी कांग्रेसले गर्यो गज्जबको निर्णय, चौतर्फी प्रसंशा

रुपन्देही– नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले एक निर्वाचन क्षेत्रको व्यक्तिलाई अर्को निर्वाचन क्षेत्रमा नपठाउन आग्रह गरेका छन् ।

केन्द्रमा प्रभाव रहेका नेताहरु आफ्नो क्षेत्रभन्दा बाहिरबाट सिफारिस भइरहेको समयमा सभापति पुनले उम्मेदवारले जुन क्षेत्रमा मेहनेत, क्रियाशील र सक्रिय छ सोही क्षेत्रमा उम्मेदवार बनाउन प्रस्तावलाई ध्यान दिइने बताएका छन् । सोमबार पार्टी प्रदेश समिति बैठकमा उनले पार्टीको मत मात्र नभई अन्य पार्टीबाट पनि मत प्राप्त गर्न सक्ने लोकप्रिय व्यक्तिलाई प्रथामिकताका साथ उम्मेदवार सिफारिस गरिने र उम्मेदवार छनोटमा पद्धति र स्थानीय कार्यकर्ताको भावना र मागबमोजिम गरिने बताए ।

निर्वाचनपछि कांग्रेसले बहुमतसहित लुम्बिनी प्रदेश सरकार निर्माण गर्ने र कांग्रेसकै नेतृत्वमा प्रदेशको विकास हुने बताउँदै उनले सक्षम, लोकप्रिय र सक्रिय युवालाई उम्मेदवार बनाइने धारणा राखेका छन् ।

यो पनि पढ्नुहोस् – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति उत्तरदायी शासन व्यवस्था संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुने बताएका छन् । ६४ औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘जनताबाट निर्वाचित, अनुमोदित प्रतिनिधि रहने संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ हो,’ देउवाले भने,‘जनताप्रति उत्तरदायी शासन व्यवस्थामा संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुन्छ भन्ने हामी सबैले बुझेको विषय हो ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको पनि बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् ।

६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।’

२०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको उनले बताए । उनले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय