काठमाण्डौ : नेकपा एमालेका नेता तथा मेडिकल ब्यवसाई दुर्गा प्रसाईले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई का रागारमा रहेका अभिनेता पल शाहलाई जस्तो नबनाउन मिडियालाई सुझाव दिएका छन्।
एउटा युट्युब च्यानललाई अन्तर्बार्ता दिने क्रममा उनले यस्तो सुझाव दिएका हुन। दलका नेताको तुलनामा स्वतन्त्रहरुले राम्रो काम गरिरहेको विषयमा उदाहरण दिन प्रस्तोताले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको नाम लिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन। ‘स्वतन्त्रहरुले राम्रो काम गरिरहेका छन्, काठमाण्डौंका मेयरले कति राम्रो काम गरिरनुभको छ।’ भन्ने प्रस्तोताको सवालमा जवाफ दिदै उनले भने–‘बालेनलाई सपोर्ट गर्नुपर्छ, बालेनले राम्रो काम गर्याछत।’

तपाईत बालेनको विरुद्धमा बोल्ने मान्छे हो नी ? भन्ने जिज्ञाशामा उनले थपे –‘होईन म बालेनको विरुद्धमा कहिलै वोलिन। म बालेनको सपोर्टमा बोल्छु। बालेनलाई चै पल शाहलाई जस्तो नबनाओ है मिडियाले खेदेर। बालेनको काम गर्ने शैली…,
बालेन काम गर्ने मान्छे हो। काम गर्न दिउँ, स्वतन्त्र मान्छे हो। माथिबाट कसैको फोन आउँदैन। उ एक्लो छ होईन ? उलले काम गर्छन । तर, बालेनले एउटा काम चै गर्नु पर्यो क्या।’ भन्दै उनले सुझाव दिएका छन्।
अल्फाबिटा जस्तो एउटा घर भत्काएर नहुने भन्दै उनले नक्सा नभएका एयरपोर्ट, टुँडिखेल, वीर अस्पताल, टिचिङ हस्पिटल, विशाल वजार, कृषि विकाश वैंक, स्वास्थ्य मन्त्रालयसहित सिंहदरबार पनि भत्काउनु पर्ने बताए।