प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित हुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका थिए । तर विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरको प्रदर्शन अगाडि बस्ने बैठकमा नआउने सन्देश शनिबार पठाए ।

विपक्षी दलका नेता नै अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार अर्को बैठक थप परामर्शपछि मात्र तय हुनेछ ।
अख्तियार दुरुपयोग, अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगलगायतका संवैधानिक निकायमा लामो समयदेखि पदपूर्ति हुन सकेको छैन ।