पार्टी एकताको हल्लापछि झाँक्रीले संस्थापकसगं फोटो सेयर गर्दै लेखिन यात्रा सगैं निरन्तर

गुल्मी । नेकपा एकीकृत समाजवादी गुल्मी र नेकपा एमालेबीच पार्टी एकता भएको विषयलाई नेकपा एकीकृत समाजवादीले खण्डन गरिसकेको छ ।

नेकपा एमालेबीच एकता भएको भनेर गलत प्रचार गरिएको समाजवादीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आरोप लगाएको थियो । यसैबीच आफ्नो गृह जिल्लाका अध्यक्ष र ईन्चार्ज नेकपा एमालेमा फर्किएपछि रामकुमारी झाँक्रीले जिल्लामा नेकपा एसका संस्थापक अध्यक्ष श्रीराम महतसगं फोटो शेयर गर्दै यात्रा सगैं निरन्तर भनेर लेखेकी छिन् ।

सोमबार नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी र ईन्चार्ज गणेश खनाल एमालेमा प्रवेश गरेका थिए । त्यसयता गृह जिल्ला गुल्मीमा रामकुमारी झाँक्रीलाई ठुलो धक्का लागेको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भईरहेको छ ।

नेकपा एसले विज्ञप्ती जारी गर्दै गैह्र राजनीतिक ढगंले पदिय दुरुपयोग गरि दुई जना व्यक्तिले नेकपा एकीकृत समाजवादी र नेकपा एमालेबीच एकता घोषणा भयो भनि भ्रमपूणर् र कुप्रचार गरी पार्टीको हित विपरित कार्य गरेको उल्लेख गरेको थियो ।

साथै प्रेस विज्ञप्तीमा निज दुईजना व्यक्तिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काषन गरिएको भन्दै समाजवादीले उनीहरुबाहेक पार्टीका संस्थापक अध्यक्ष श्रीराम महत सहित सिगों पार्टी एकढिक्का रहेको जानकारी गराउँदछौँ ।

साथै एकीकृत समाजवादीले पार्टी सदस्य,समर्थक,शुभेच्छुक तथा आम मतदातालाई कुनै पनि भ्रममा नपर्न समेत अनुरोध गरेको छ । दुई जना व्यक्तिलाई टिका लगाएर एमाले पार्टी प्रवेश गरेको विषयलाई एकताको घोषणा जस्तो नाटक गरिनु खेद जनक छ नेकपा एसले भनेको छ ।
https://www.facebook.com/photo.php?fbid=609349954090886&set=a.386486979710519&type=3

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय