दुई जना व्यक्तिले टिका लगाउँदैमा पार्टी एकता भन्नु भ्रम : नेकपा एस गुल्मी

गुल्मी । नेकपा एकीकृत समाजवादी गुल्मीले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेकपा एमालेबीच एकता भएको भनेर गलत प्रचार गरिएको आरोप लगाएको छ ।

सोमबार नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी र ईन्चार्ज गणेश खनाल एमालेमा प्रवेश गरेपछि समाजवादीले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । गैह्र राजनीतिक ढगंले पदिय दुरुपयोग गरि दुई जना व्यक्तिले नेकपा एकीकृत समाजवादी र नेकपा एमालेबीच एकता घोषणा भयो भनि भ्रमपूर्ण र कुप्रचार गरी पार्टीको हित विपरित कार्य गरेको विज्ञप्तीमा लेखिएको छ ।

साथै प्रेस विज्ञप्तीमा निज दुईजना व्यक्तिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काषन गरिएको भन्दै समाजवादीले उनीहरुबाहेक पार्टीका संस्थापक अध्यक्ष श्रीराम महत सहित सिगों पार्टी एकढिक्का रहेको जानकारी गराउँदछौँ ।

साथै एकीकृत समाजवादीले पार्टी सदस्य,समर्थक,शुभेच्छुक तथा आम मतदातालाई कुनै पनि भ्रममा नपर्न समेत अनुरोध गरेको छ । दुई जना व्यक्तिलाई टिका लगाएर एमाले पार्टी प्रवेश गरेको विषयलाई एकताको घोषणा जस्तो नाटक गरिनु खेद जनक छ नेकपा एसले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय