रामकुमारी झाँक्रीको जिल्ला गुल्मीमा एकीकृत समाजवादी एमालेमा समाहित

गुल्मी । गुल्मीमा नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ । नेकपा एसको गुल्मी जिल्ला समिति नै नेकपा एमालेमा समाहित भएको छ ।

जिल्ला सदरमुकाम तम्घासस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित एक समारोहमा नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी,जिल्ला ईन्चार्ज गणेश खनाल सहित अधिकांश जिल्लास्तरका नेताहरू नेकपा एमालेमा फर्किएका छन् ।

एमालेमै फर्किनेमा जिल्लाका अन्य चर्चित नेताहरु रहेको बताईएको छ । नेकपा एमालेबाट विभाजित भएर गत वर्ष बनेको नेकपा एकीकृत समाजवादीले गत स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लामा खासै सफलता हासिल गर्न सकेको थिएन । राम्रो मत ल्याउन सफल भए पनि राम्रो सफलता प्राप्त हुन नसक्दा निराश बनेका कार्यकर्ता एमालेमै फर्किएको कार्यक्रममा सहभागीहरूले बताएका छन् ।

नेकपा एसप्रति विभिन्न आरोप लगाउँदै बिनासर्त नेकपा एमालेमा समाहित भएका गुल्मीका नेता तथा कार्यकर्तालाई एमालेका महासचिव प्रदिप ज्ञवाली र सचिव गोकणर् विष्टंलगायत नेता तथा कार्यकर्ताले अबिर र खाँदा लगाएर स्वागत गरेका छन् ।

गुल्मीको क्षेत्र नं २ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र नेकपा एमालेका गोकणर् विष्टको चुनावी चर्चा चलिरहेका बेला फेरी उक्त क्षेत्रमा विष्टले सहजै जित निकाल्ने धेरैले अनुमान गरेका छन् । अब रामकुमारी झाँक्रीलाई ठुलो चुनौती थपिएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय