खप्तड लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, कसरी हेर्ने नतिजा ?

काठमाडौं – खप्तड लघुवित्तको साधारण सेयर आज बाँडफाँड हुने भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कमलादीस्थित क्यापिटलको कार्यालयमा सोमबार बिहान सेयर बाँडफाँ हुने भएको हो ।

सामुहिक लगानी कोष र कर्मचारीको आरक्षित सेयर छुट्याएर १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । उक्त सेयर १० कित्ताका दरले वितरण गर्दा १२ हजार ३४० जनाले मात्र पाउछन् । साधारण सेयरमा १८ लाख ५० हजार १३२ वटा आवेदन परेका थिए । यस आधारमा लघुवित्तको सेयर १८ लाख ३७ हजार ७९२ आवेदकले पाउने छैनन् ।

लघुवित्तले निष्काशन गरेको कुल सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । हाल चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको लघुवित्तको आईपीओ बाँडफाँडपछि ४ करोड रुपैयाँ पुग्नेछ ।

यो पनि पढ्नुहोस् – काठमाडौं – श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गते बुधबारदेखि निष्काशन गरेको शेयरमा १३ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार अपह्न १ः३६ बजेसम्ममा १३ लाख ४ हजार २०५ जना आवेदनबाट १ अर्ब ४४ करोड ८० लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ८० हजार ३७० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको ३ लाख ६८ हजार ५९० कित्ताको ३९.२८ गुणा बढी हो । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता अर्थात १० हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले भदौ १९ गते बैकिङ्ग समयसम्ममा मात्रै आवेदन दिन सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने बिओके क्यापिटलले लिमिटेड रहेको छ ।

लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडले ‘केयरनपी डबल बी माइनस इन्युअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय