गुल्मी १ बाट प्रतिनिधि सभाका लागि एमालेका ज्ञवाली सर्वसम्मत सिफारिस

कृष्ण अन्जान, गुल्मी । मँसिर चारमा सँघिय र प्रादेशिक निर्वाचनलाई लक्षित गरि नेकपा एमाले जिल्ला कमिटी गुल्मीले निर्वाचन क्षेत्र समन्वय कमिटी बैठक गुल्मी जिल्लामा आयाेजना गरेकाे छ । भाद्र १८ गते गुल्मी निर्वाचन क्षेत्र न २ काे समन्वय समिति बैठक सम्पन्न गरि क्षेत्र न १ काे निर्वाचन क्षेत्र समन्वय कमिटीले बैठक भाद्र १९ गते रुरुक्षेत्रकाे रिडीबजारमा आयाेजना गरेकाे छ ।

निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र १ काे बैठकमा बाेल्दै नेकपा एमालेका उपमहासचिव प्रदिप कुमारी ज्ञवालीले गठबन्धनकाे भयकाे नाेविज्ञानबाट मुक्त हुँदै निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन । उनले परमादेश बाट कसरी एमालेलाई सत्ताबाट हटाईयाे भन्ने कुरा पापधुरीबाट कराउँछ भनेझै सर्वोच्च अदालत जस्ताे ठाउँमा सेटिँग गरिएकाे कुरा बाहिर आएकाे नेता प्रदिप ज्ञवालीले बताए । गठबन्धनले जित्दा देश दुर्घटनामा जाने हुँदा राष्ट्रिय स्वाभिमान कायम राख्दै सत्तालाई भागवण्डाकाे थलाे नबनाउन राज्य नेतृत्वमा एमालेले जित्नु पर्ने एमाले नेता ज्ञवालीकाे भनाई रह्याे ।\

सँघिय र प्रादेशिक निर्वाचनमा देश र जनताका पक्षमा निर्णायक लडाइँ र अग्निपरिक्षामा हाेमिन गुल्मी क्षेत्र न १ का सँघिय सदस्य समेत रहेका एमाले नेता प्रदिप कुमार ज्ञवालीले आह्वान गरे । बैठकमा निर्देशन दिँदै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका पार्टीका गुल्मी इन्चार्ज दिनेश पन्थीले उम्मेदवार सिफारिस गर्ने भन्ने विषयमा पार्टीको नियम सुनाए ।

बैठकमा बाेल्दै नेकपा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष बालशिँह काउछाले पार्टीको नीति विधि पद्धति र अनुशासमकाे गम्भिर्यतामा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे । यसैविच नेकपा एमाले गुल्मी सँघिय निर्वाचनमा क्षेत्र न १बाट सर्वसम्मत रुपमा नेकपा एमालेका महासचिव प्रदिप कुमार ज्ञवालीकाे नाम सिफारिस गरिएकाे छ ।

पार्टी नेता चक्रपाणी गौतनकाे प्रस्तावमा ध्वनिमतका साथ कार्यकर्ताहरुले एकल उम्मेदवारकाे रुपमा प्रदिप कुमार ज्ञवालीलाई उम्मेदवार सिफारिस गरिएकाे हाे ।यसै गरि क्षेत्र न १ प्रदेश सभा क का लागि चिन्तामणि पाण्डे ,युवराज न्यौपाने ,हिम बहादुर क्षेत्रि ,रामचन्द्र न्यौपाने ,चन्द्रा पराजुली र फर्सु श्रेष्ठको नाम सिफारिस गरिएकाे छ ।
क्षेत्र १ प्रदेश ख मा कमलराज श्रेष्ठ ,मधुकृष्ण पन्त ,फर्सुराम पाण्डे ,भिमलाल पौडेल ,बिष्णु पौडेल ,पदम अर्याल र जँग नेपाली सिफारिस भएका छन ।

क्षेत्र १ का पार्टी नेता कार्यकर्ता ,वडा कमिटी सदस्य ,जन प्रतिनिधि हरुकाे ठुलाे सँख्यामा एमाले जनकाे रिडीबजारमा उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय