बुटवल । संघीय निर्वाचनका लागि नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्वर १ बाट डा.चन्द्र भण्डारी सहित चार जना नेताहरुलाई सिफारिस गरिएको छ ।
सो पार्टीका जिल्ला उपसभापति अनन्त पौड्यालका अनुसार नेता भण्डारी, पारिश्वर ढकाल , योगराज कँडेल र भरत बस्नेतको नाम संघिय निर्वाचनको उमेदवारका लागि सिफारिस गरिएको हो । प्रदेश ‘क’ का लागि सन्तोष गौतम, पृथ्वीबहादुर फौजदार, अमृत ज्ञवाली र तुल्सी पाण्डेको नाम सिफारिस गरिएको उपसभापति पौड्यालले बताए ।
त्यस्तै सोही क्षेत्रको प्रदेश ‘ख’ मा प्रदेश सदस्य उमेदवार श्रीप्रसाद भलामी, धनेन्द्र काकी र मुक्ती कँडेलको नाम सिफारिस गरिएको छ । त्यस्तै संघिय समानुपातिक सांसदका लागि झकबहादुर पुन, सुवर्ण ज्वारचन र भगवती काफ्ले भण्डारीको नाम सिफारिस गरिएको छ ।
प्रदेश क बाट प्रदेश समानुपातिक सांसदका लागि जगदिश भट्टराई, बिष्णु बलाल, रमेश भण्डारी, निर्मण सुवेदी आरती परियार, गंगादेवि भण्डारी, भगवती अर्याल सिफारिस भएका छन् ।
प्रदेश ख मा मोती भण्डारी, झबिन्द्र बिश्वकर्मा, मिना राना, राधिका न्यौपाने, उर्मिला अर्याल गंगा पाण्डे नेपाली समानुपातिक उमेदवारका रुपमा सिफारिसमा परेको जनाईएको छ । सिफारिस गरिएका उमेदवारहरुलाई प्रदेश हुँदै केन्द्रले टुङ्गाउने नेता पौड्यालको भनाई छ । क्षेत्र नम्वर २ को लिष्ट तयार पार्ने क्रममा रहेको सो पार्टीले जनाएको छ ।