राष्ट्रपति भण्डारी र ओलीबीच शीतल निवासमा ‘अर्थपूर्ण’ भेटघाट

काठमाडौं – संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले नागरिकता विधेयक (पहिलो संशोधन) बहुमतले पारित गरिसकेको छ ।

दुवै सदनले पारित गरेको विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले सम्भवतः आज प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउँदैछन् । तर, सभामुखले नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाउनुअघि एमाले अध्यक्ष केपी ओलीले सुटुक्क राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली शनिबार साँझ पौने ७ बजे शीतल निवास पुगेका थिए ।

स्रोतका अनुसार उनीहरूबीच राति ९ बजेसम्म कुराकानी भएको थियो । संसदको दुवै सदनबाट हुबहु पारित नागरिकता विधेयक पुुनः प्रमाणीकरणको निम्ति सभामुखले शीतल निवास पठाउनुअघि झापाबाट फर्कनासाथ अध्यक्ष ओलीले राष्ट्रपतिलाई दुई घन्टा भेट गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । पछिल्लो समय एमाले पनि नागरिकता विधेयकप्रति अनुदार देखिँदै आएको छ ।

नागरिकता विधेयक एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत जारी गरिएको थियो । अहिलेको सरकारले त्यतिबेला एमाले सरकारले ल्याएको विधेयकलाई नै संसदमा प्रस्तुत गरी बहुमतले पारित गरेको हो ।

तर, एमालेले भने विधेयकबारे असन्तुष्टि सार्वजनिक गर्दै चुनावमा भोटको राजनीति गरिरहेको छ । राष्ट्रपति भण्डारीले अब विधेयक प्रमाणीकरण गर्छिन् कि होल्ड गर्छिन् भन्ने केही समयमै खुल्नेछ ।

तर, एमालेकै गाइडलाइनअनुसार चल्ने भएकाले राष्ट्रपतिले प्रमाणीकरण गर्ने सम्भावना निकै न्यून रहेको बताइन्छ । – मिडिया डबलीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय