खप्तड लघुवित्तको आइपीओ बाँडफाँडको मिति तय, कति जनाले पाउने भए सेयर ?

काठमाडौं । खप्तड लघुवित्तको आइपीओ सोमबार (भदौ २० गते) बाँडफाँड हुने भएको छ । सोमबार आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने तय भएको प्रभु क्यापिटलले जानकारी गराएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओको प्रि अलोटमेन्ट बिहीबार सम्पन्न भएको छ । खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । सीडीएस एन्ड क्लियरिङको तथ्यांक अनुसार अन्तिम दिन अर्थात भदौ १२ गते साँझ ५ः०२ बजेसम्ममा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए ।

मागभन्दा निकै धेरै आवेदन परेका कारण खप्तडको आइपीओ गोलाप्रथामार्फत बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १२ हजार ३४० जना आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अर्थात भदौ १९ गते अन्तिम दिन रहेको छ।

कम्पनीले भदौ १५ गतेदेखि निष्काशन गरेको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५०कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले कुल ३ लाख ९३ हजार ७५०कित्ता मध्ये ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषलाई बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणको लागि छुट्याएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय