श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अर्थात भदौ १९ गते अन्तिम दिन रहेको छ।

कम्पनीले भदौ १५ गतेदेखि निष्काशन गरेको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५०कित्ता आईपीओ जारी गर्न लागेको हो ।Ed-

कम्पनीले कुल ३ लाख ९३ हजार ७५०कित्ता मध्ये ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषलाई बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणको लागि छुट्याएको छ ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

यो पनि पढ्नुहोस् -काठमाडौं । खप्तड लघुवित्तको आइपीओ सोमबार (भदौ २० गते) बाँडफाँड हुने भएको छ । सोमबार आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने तय भएको प्रभु क्यापिटलले जानकारी गराएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओको प्रि अलोटमेन्ट बिहीबार सम्पन्न भएको छ । खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।Ed-markCivil Bank

बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । सीडीएस एन्ड क्लियरिङको तथ्यांक अनुसार अन्तिम दिन अर्थात भदौ १२ गते साँझ ५ः०२ बजेसम्ममा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए ।

मागभन्दा निकै धेरै आवेदन परेका कारण खप्तडको आइपीओ गोलाप्रथामार्फत बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १२ हजार ३४० जना आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय