बालेनका सय दिन: विवादित विषयमा दिए यस्तो प्रष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरको जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको छ ।

उनले पदभार गरेको १०० दिन पुगिसकेकाे सन्दर्भमा ‘मनमा छोएका’ केही सन्दर्भ सम्झनलायक रहेको भन्दै ६ सन्दर्भ सार्वजनिक गरेका छन् । मेयर साहले आलोचना गरिएका आफ्नो ‘एक्सन’ बारे प्रष्टीकरण समेत दिएका छन् । उनले विवादित फुटपाथबाट मकैको ठेला हटाएको, इइस्पोर्स का लागि १ करोड, यमबुद्धको सालिक, कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन, फोहोर व्यवस्थापनमा ढिलाइ र नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा आफनो प्रष्टीकरण दिएका छन् ।

उनले १०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुने बताए । आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेकाले त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले फरक पार्ने उनको भनाइ छ । उनले सुरुवात गरेको कामको नतिजा सकारात्मक देखिन थालेको बताए ।

उनले भनेका छन्,‘मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ ।’

उनले महानगरप्रति गरेकाे विश्वासलाई निराश नबनाउने प्रतिबद्ध समेत गरे । उनले भनेका छन्,’हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।’

उनले सय दिनमा गरेका विवादित कामको प्रष्टीकरण यसरी दिएका छन् ।
https://www.facebook.com/balenOfficial/posts/627796882045904

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय