कांग्रेसलाई माधव नेपालको दिेए यस्तो  चेतावनी !

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण सिट बाँडफाँट टुङ्गो नलागेको बताएका छन् ।

शनिबार बिराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसले अस्वभाविक दाबी गरेका बताए । ‘हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेसमा अहंकार देखिएको छ,’ उनले भने, ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरु बाँड भन्छन् । हामीले उनीहरुलाई जवाफ दिएका छौं, हैसियतभन्दा बढी माग्ने काम नगर ।’ २०७४ सालमा २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुनासम्म दिन सक्ने उनले बताए । ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट’ उनले भने ,‘हामी ७० भन्दैछौं, उनीहरु सय भन्दैछन् । मिलाउने गाह्रो छ ।’

सहमतिको प्रयास जारी रहेको बताउँदै उनले सहमति नभए एक्लै उठ्ने आट गर्नुपर्ने बताए । ‘के भयो के भयो भन्ने तपाईँहरुको मनका प्रश्न होला,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘उही बालुवाटारमा बालुवा पेलेका पेल्यैछौं, त्यो बालुवाबाट तेल निस्किएको छैन । आज पनिपेल्नुपर्ने हो कि !’ समानुपातिक चुनावमा पार्टीको भोट आफैलाई आउने बताउँदै उनले भने, ‘भएन भनेपनि एक्लै उठ्ने आट गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस् – काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता मोहम्मद अफताव आलमलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने बताएका छन्।

शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उम्मेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे।

आलमलाई नेपाली कांग्रेसले बुधबार रौतहट–२ बाट उम्मेदवार बनाउन सिफारिस गरेको थियो। आलमको नाम सिफारिस भएसँगै कांग्रेसको आलोचना भइरहेको छ। शुक्रबारको कार्यक्रममा गगनभन्दा अगाडि बोलेका साहित्यकार नयनराज पाण्डेले इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेका व्यक्तिलाई कांग्रेसले उमेदवार बनाउँदै छ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदै छ भनेपछि गगनले आलमलाई उम्मेदवार नबनाइने बताएका हुन्।

थापाले भने, ‘नयनराज दाइले गगनको पार्टी भन्नुभयो। कुनै बेला उहाँले पनि काम गरेको पार्टी हो। संविधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दाखेरी छाती ठोकेर यो निर्णय हामीले गरेको, मैले गरेको भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन। यत्ति कुरा आश्वस्त पार्छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय