गगनको एक अभिव्यक्तिले कांग्रेसमा तरंग, दशैभर आशाको संचार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता मोहम्मद अफताव आलमलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने बताएका छन्।

शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उम्मेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे। आलमलाई नेपाली कांग्रेसले बुधबार रौतहट–२ बाट उम्मेदवार बनाउन सिफारिस गरेको थियो। आलमको नाम सिफारिस भएसँगै कांग्रेसको आलोचना भइरहेको छ।

शुक्रबारको कार्यक्रममा गगनभन्दा अगाडि बोलेका साहित्यकार नयनराज पाण्डेले इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेका व्यक्तिलाई कांग्रेसले उमेदवार बनाउँदै छ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदै छ भनेपछि गगनले आलमलाई उम्मेदवार नबनाइने बताएका हुन्।

थापाले भने, ‘नयनराज दाइले गगनको पार्टी भन्नुभयो। कुनै बेला उहाँले पनि काम गरेको पार्टी हो। संविधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दाखेरी छाती ठोकेर यो निर्णय हामीले गरेको, मैले गरेको भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन। यत्ति कुरा आश्वस्त पार्छु।’

यो पनि पढ्नुहोस् – काठमाडौं – स्थानीय तहको निर्वाचनअघि काठमाडौं ७ बाट निर्वाचित एमाले सांसद रामवीर मानन्धर निकै चर्चामा आए । उनी चर्चामा आउनुको कारण थियो एमालेले महानगर प्रमुखको उम्मेदवार चयन गर्दा आफूसँग कुनै सल्लाह वा सुझाव नमागेको । एमालेले केशव स्थापितलाई महानगर प्रमुखको उम्मेदवार बनाएपछि उनी निकै आक्रोशित बने ।

उनले एमालेले काठमाडौंमा मेयर मात्र होइन, वडाध्यक्ष पनि थुप्रै गुमाउँदैछ भनेर मिडियामा अन्तर्वार्ता दिए । एमाले नेतृत्वको जमेर आलोचना मात्र गरेनन्, त्यहीबेला नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । मानन्धर आफैं पनि महानगर प्रमुखको उम्मेदवारका आकांक्षी थिए । उनको काठमाडौंमा राम्रै पकड छ ।

तर, एमाले नेतृत्वले त्यहीबेलादेखि उनीमाथि डोजर लगाउन सुरु गर्यो । पार्टी नेतृत्वको कोपभाजनको सिकार बनेका रामवीर अहिले निकै असमञ्जसमा परेका छन् । एमाले काठमाडौंले उनलाई प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ सिफारिस नै गरेन ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट दुईपटक जितेका मानन्धर यसपटक सिफारिसमा नपरेपछि एमाले काठमाडौंमा तरंग सिर्जना भएको छ । ७ बाट इन्दिरा पन्त, बिपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस सूचीमा छ।

विगतमा रघुजी पन्तले ललितपुर ७ बाट चुनाव जितेका थिए । माधव नेपाललाई अन्तिम समयमा आएर धोका दिएका उनलाई केपी ओलीले नाम सिफारिस गर्न लगाएर थुमथुम्याएका छन् । तर, टिकट कसले पाउने भन्ने निश्चित छैन । पार्टीबाटै अपहेलित भएपछि रामवीर मानन्धर अब एमालेमै बस्छन् कि नेपाली कांग्रेस वा एकीकृत समाजवादीमध्ये कुन दलमा प्रवेश गर्लान् भन्ने सर्वत्र चासो छ ।

हुन त काठमाडौं ७ मा नेपाली कांग्रेसमा सशक्त युवा नेताहरू नभएका होइनन्, तर यदि रामवीर चुनाव लड्ने सर्तमा पार्टी प्रवेश गरेमा आश्चर्य नमाने हुने कांग्रेस नेताहरू बताउँछन् । किनभने पछिल्लो समय उनको कांग्रेस नेता प्रकाशमान सिंहसँग राम्रो सम्बन्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय