जनताले पार्टीभन्दा विकास हेर्न थाले-प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले अब पार्टी भन्दा पनि विकास हेर्ने थालेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणद्वारा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले जनता पार्टी, नेता, र व्यक्ति भन्दा पनि विकास हेर्न थालेको बताए । उनले भने,‘आम जनताले पार्टी हेर्ने भन्दा पनि उनीहरुले हेर्ने भनेको विकास नै हो । शिक्षा स्वास्थ्य रोजगारीमा के कति परिवर्तन भयो भएन भन्ने छ । जनताको सुरक्षालाई पार्टीहरुले कतिको ध्यान दिएको छन छैनन् भन्ने भएको छ ।’ उनले विकास सुरक्षा र समृद्धिको महान यात्रा भरतपुर महानगरपालिकामा सुरु भएको जिकिर गरे ।

विकास गर्नेलाई जनताले त्यो कुरा राम्रै मनन गरेको तथ्य स्थानीय तहको चुनावमा रामै्रसँग प्रमाणित गरेर देखाएको उनले बताए । उनले भने,‘आउने प्रदेश र संघको निर्वाचनमा पनि विकास र समृद्धिलाई अगाडि बढाउने कुरालाई चितवन जिल्ला समग्रमा भरतपुर महानगरपालिका र यस क्षेत्रमा एउटा मोडल विकासलाई नेपाली जतनाले चितवनबासीले रुचाएको तथ्य छ । जसले विकास र समृद्धिलाई गति दिन सक्छ त्यसलाई रोजेको तथ्य प्रमाणित भइसकेको छ । आउने दिनमा पनि जनताले यही आवश्यकताको बलमा यसले योगदान गर्नेछ । यहाँबाट देशभरी नै विकास र समृद्धिको सन्देश दिने मेरा संकल्प छ ।’

यो पनि पढ्नुहोस् – भानुभक्त आचार्य – कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा दुबै जनाको नाम डडेल्धुरबाट सर्वसम्मत सिफारिस गरिएको छ । हिजो बसेको जिल्ला कार्य समितिको बैठकले प्रतिनिधि सभा तर्फ प्रत्यक्षमा शेरबहादुर देउवाको नाम र प्रतिनिधि सभामा समानुपातिक तर्फ आरजु राणाको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला सचिव हेमराज चटौतले जानकारी दिए ।

प्रधानमन्त्री देउवा २०४८ यता डडेल्धुराबाट अपराजित छन् । उनी २०४८,०५१,२०५४,२०६४,२०७०,२०७४ मा लगातार निर्वाचित भइरहेका छन् । यस पटक पनि उनको सोही क्षेत्रबाट लड्ने तयारी छ। यता २०६४ र २०७० मा समानुपातिक मार्फत सांसद भएकी प्रधानमन्त्री पत्नी राणाको नाम २०७४ पनि यहाँबाट समानुपातिकमा सिफारिस गरिएको थियो । तर, राणा कैलाली ५ बाट उम्मेदवार बनिन्।

बाम गठबन्धनबाट उम्मेदवार बनेका नारदमुनि रानासँग प्रत्यक्ष निर्वाचनमा होमिएकी राणा ५ हजार बढी मतले पराजित भइन् । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।अहिले पनि आरजु राणासँग दुई विकल्प छन् । डडेल्धुराबाट समानुपातिक बस्ने कि कैलालीबाट प्रत्यक्ष लड्ने । अहिले डडेल्धुराबाट समानुपातिकमा मात्र होइन कैलाली ५ बाट प्रत्यक्षमा पनि उनी सर्वसम्मत छिन् ।

डडेल्धुराबाट समानुपातिक भन्दा कैलालीबाट प्रत्यक्ष लड्ने सम्भावना बढी रहेको डडेल्धुरकै सचिव चटौत बताउँछन् । उनी भन्छन्, ‘हामीले २०६४ पछि उहाँको नाम सधैँ सिफारिस गरिरहेका छौँ । उहाँ डडेल्धुराबाट नेतृत्वमा आउनु पर्नेमा सबैको जोड छ तर, यस पटक उहाँ प्रत्यक्षमै लड्ने सम्भावना छ ।’

कांग्रेस कैलालीका सचिव नृप सुनार पनि राणा कैलाली ५ बाट निर्वाचन लड्ने करिब पक्का जस्तै भएको बताउँछन् ।‘उहाँ (आरजु) कैलाली ५ बाट निर्वाचन लड्नु हुन्छ’ उनले भने ‘निर्वाचन लड्ने मात्र होइन जित्ने पनि उहाँ नै हो ।’अहिले पनि कैलाली ५ मा राना र राणाकै प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रदेशको एक मात्र उपमहानगरपालिकामा मेयर र उपमेयर दुबै निर्वाचित हुँदा प्रतिनिधि सभामा राणा पराजित भएकी थिइन् । अहिले सत्ता गठबन्धन हुँदा पनि यहाँ कांग्रेसका मेयर र गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी उपमेयर पराजित भएपछि प्रतिनिधि सभामा पनि राणालाई सकस भएको बताइन्छ । धनगढीमा प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार पराजित भएपनि वडाध्यक्षको मतमा कांग्रेस अगाडी छ ।

यहाँ कांग्रेसको मत २२ हजार ७७९ छ । एमाले १७ हजार ४२० मतसहित दोस्रो र माओवादी ८ हजार १७५ मतसहित तेस्रो स्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले २ हजार ९, राप्रपाले १ हजार ७९७ र नागरिक उन्मुक्ति पार्टीले ६५९ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी ‍(लोसपा) ले ३०२ मत पाउँदा जनता समाजवादी पार्टी ९जसपा०को १५० मत छ । – नेपाल प्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय