जिल्लाको सदरमुकाम तम्घासमा नेकपा सरकार विरुद्ध बृहत प्रदर्शन गर्ने कांग्रेसको तयारी

नेपाली कांग्रेस गुल्मीले यहि मंसिर २९ गते अर्थात आउँदो सोमबार वर्तमान कम्युनिस्ट सरकारविरुद्ध जिल्लाको सदरमुकाम तम्घासमा बृहत प्रदर्शन गर्ने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार उक्त बृहत प्रदर्शन गर्न लागिएको सभापति भुवनप्रसाद श्रेष्ठले बताए । उनले सम्पूर्ण गुल्मेली जनतालाई सो कार्यक्रममा सहभागिताको लागि आग्रह गरे ।

कम्युनिस्ट सरकारको सर्वसत्तावाद विरुद्धमा गुल्मीको सदरमुकाम तम्घासको शहिद चोकमा बृहत प्रदर्शन गर्न लागिएको सचिव खिलध्वज पन्थीले बताए । वर्तमान कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड(१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्य वृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैली र तनहुमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारको विरुद्धमा बृहत विरोध प्रदर्शन गर्न लागिएको उनले बताए ।

विरोध प्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार तम्घासमा आउने गुल्मी कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय