काठमाडौंं – माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न असोज ९ गते विहान ११ बजे अकामा होटल, धुम्बाराही काठमाडौंमा नवौं वार्षिक साधारण सभा बोलाएको हो । सभाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याईएको शेयर बिक्री तथा बाँडफाँट गर्ने र आईपीओ निष्काशनबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धी योजना तथा रणनतिहरु समेत निर्धारण गर्नेछ ।

यस्तै अधिकृत पूँजी वृद्धि गर्ने लगायतको कामको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ ।सभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालक समेत चयन गर्नेछ ।
कम्पनीले रसुवा जिल्लाको उत्तरगया गाँउपालिकामा –१ मा १४.३ मेगावाटको माथिल्लो खोला जलविद्युत आयोजना निर्माण गर्दैछ ।
यो पनि पढ्नुहोस् – काठमाडौं – नेपालमा धेरै कम्पनीहरु आइपीओमा आकर्षित भइरहेका छन् यसै । धितोपत्र बोर्डको आइपीओ निष्कासन गर्नेको सूचीमा अहिले पनि २ दर्जन हाराहारी कम्पनीहरु पाइपलाइनमा रहेका छन् । यो सूचीमा अर्को एक कम्पनी पनि थपिएको छ ।
दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति मागेको हो ।
कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्काशन गर्नेछ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।
कम्पनीले दैलेखमा ४.५ मेगावाटको पदम खोला स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गर्दैछ ।