२६ वर्षीया ईन्जिनियर विद्याले गरीन् कास्कीबाट उम्मेदवारी घोषणा

कास्की । नेपाली काँग्रेसकी युवा नेतृ विद्या बरालले कास्कीबाट उम्मेदवार घोषणा गरेकी छिन् । आगामी मसिंर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागी ईन्जिनियर समेत रहेकी बरालले प्रदेश सांसदको लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

कास्की ३ प्रदेश सभा “ख“बाट बरालले नेपाली काङ्ग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्बारी घोषणा गरेकी हुन् । नेपाल इन्जिनियर्स एसोशियसनको ३३ औ केन्द्रिय समितिको निर्बाचनबाट उनी केन्द्रिय सदस्य पदमा विजयी भएकी थिईन् । पोखरा २२ मा जन्मेकी ई. बराल नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि पनि हुन् । नेपाल विद्यार्थी संघकी नेतृ इन्जिनियर विद्या बराल हिरो अवार्डबाट समेत सम्मानित भएकी थिईन् ।

उनी पोखरा पुम्दीभुम्दी निवासी हुन् । मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भन्दै बराललाई अमेरिकास्थित हामी नेपाली ग्लोवल संस्थाले अवार्ड प्रदान गरेको थियो ।

मानवीय सेवामा समर्पित उनले कोरोना भाइरस रोकथाम तथा राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । कोरोना भाईरसले बिश्व नै आक्रान्त भईरहेका बेला जनचेतना फैलाउन पनि अग्रसर थिइन् ।

सम्मानित बराल किशुनजी अध्ययन केन्द्रकी केन्द्रीय सदस्य तथा नेविसंघ पोखरा विश्वविद्यालयकी सहसंयोजक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय