जय जय कोटेश्वर” समुह द्वारा आयोजित अनलाईन तिज प्रतियोगिता तात्तिँदै

गुल्मी ।  “जय जय कोटेश्वर” समुह मुसिकोट नगरपालिका ५ आपॅंचौर गुल्मीले आयोजना गरेको अनलाईन तिज गित रेकर्ड डान्स प्रतियोगितामा अहिलेसम्म ४५ प्रतियोगि सहभागि भएका छन् ।

हिन्दु नेपालि महिलाहरूको महान पर्व हरितालिका तिजको अबसरमा “जय जय केटेश्वर” समुह मुसिकोट नगरपालिका ५ आपॅंचौर गुल्मीले मुसिकोट नगरपालिका ५ आपॅंचौरमा भएका पर्यटकिय स्थल कोटेश्वर मन्दिर , चन्डेश्वर सिवालाय मन्दिर , शिद्देश्वर गुफा मन्दिर र राधाकृष्ण मन्दिरको प्रचारप्रसारका लागि अनलाईन तिज गित रेकर्डडान्स प्रतियोगिता आयोजना गरेको हो । भडियो पठाऊन १६ गते बेलुका ९ बजेसम्म सकिने आयोजक कमिटिले जानकारि दिएको छ ।

पछिल्लो समय मुसिकोट नगरपालिका ५ आपॅंचौरमा जन्मभई देशका बिभिन्न ठाऊमा छरिएर रहेका युवाहरू तुलाराम तिवारी ( राजा ) , किरण खरेल , सन्दिप खरेल , बिनोद अर्याल , डिल्लीराज अर्याल , किरण खरेल ,सुरज भट्टराई , ओम सेन्चुरी , महेन्द्र कौशल आदि एकदर्जन युवाहरू कफिको जननी स्थल आपॅंचौरमा धेरै भन्दा धेरै पर्यटक भित्रयाऊने गरि आपॅंचौरका पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा तिब्र रूपले लागि परेका छन ।

यसभन्दा अगाडि कोटेश्वर मन्दिरको डकुमेन्ट्रि निर्माण , मन्दिरकै नाऊमा भजन तथा भिडियो निर्माण , भजनमा टिकटक प्रतियोगिता आयोजना गरि पुरस्कार बितरण , धार्मिक अनुस्ठान तथा भन्डारा कार्यक्रम ,गाएक तथा पत्रकार सम्मान आदि पवित्र कार्यहरू उक्त समुहले सम्पन्न गरेको छ ।

समुहले आयोजकको सुचना पाऊने जतिलाई २ मिनेट भन्दा बढिको भिडियो पठाएर कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन् । ऊक्त प्रतियोगितामा प्रथम ,दित्तिय , तृतिय र सानत्वना हुनेले क्रमश सातहजार ,पाचॅं हजार ,तिन हजार ,२ हजार र सबैले मायाको चिनो प्राप्त गर्ने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय