काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले ८६ सिट लिएर बाँकी सिटमा अन्य दललाई दिने गरी सिट बाँडफाँट मिलाउन निर्देशन दिएका छन्। बिहीबार सिट बाँडफाँट कार्यदलमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन्।
देउवाले ८८ सिट लिन कार्यदलका सदस्यलाई भनेका छन्। दुई सिट भने लोकतान्त्रिक समाजवादी पार्टीका लागि छुट्याउन देउवाले भनेका छन्। राजेन्द्र महतो र महन्थ ठाकुरलाई एकएक सिट दिनुपर्ने देउवाको भनाइ छ।
‘लोसपालाई कांग्रेसकै भागबाट दिने गरी सिट बाँडफाँट मिलाउने विषयमा कुराकानी भएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘उहाँहरुलाई पनि कांग्रेसकै भागबाट दिने गरी ८८ सिट लिन भन्नुभएको छ।’
यो पनि पढ्नुहोस ~ खोटाङ । नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समिति खोटाङले प्रदेससभा निर्वाचनका लागि १५ उम्मेदवारको नाम सिफारिस गरेको छ । बिहीबार कांग्रेस पार्टी कार्यालयमा बसेको बैठकले प्रत्यक्षतर्फ तीन सिटका लागि आठ जना, समानुपातिकतर्फ पुरुष एक सिटका लागि पाँच जना र महिला एक सिटका लागि दुई जनासहित सात जनाको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिं ठकुरी, विरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैंजुलाई सर्वसहमत सिफारिस गर्ने निर्णय गरिएको नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समिति सचिव राजन भट्टराईले जानकारी दिए ।
यस्तै, समानुपातिकतर्फ रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हिराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देबी राईलाईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।
जिल्ला कार्य समितिले आफ्नो राय लेखेर आकांक्षीको नाम प्रदेश कार्य समितिलाई पठाउने छ । नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रीय समितिले पनि शुक्रबारसम्ममा उम्मेदवारको नाम टुंग्याउने क्षेत्रीय समिति सचिव भट्टराईले बताए ।