काठमाडौं – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
यसअनुसार श्रृजनशीलले प्रतिकित्ता १०० मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ र सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यो आइपीओ मा केबल १० कित्ता आवेदन दिए पुग्ने देखिन्छ ।लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
यो पनि पढ्नुहोस् – काठमाडौं – केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन आइपीओ नेप्सेमा सूचीकरण भएको छ । मंगलबार यसको ६१ लाख २७ हजार ९३८ कित्ता सेयर सूचीकरण भएको हो । अब बुधबार (भदौ १५ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम १०६ रुपैयाँ ३५ पैसादेखि अधिकतम ३१९ रुपैयाँ ०५ पैसाभित्र रहेर हुनेछ । आरएचजीसीएल संकेतमा यसको कारोबार खुला हुनेछ ।