एमाले नेता बस्नेत अस्पताल भर्ना

भक्तपुर : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत अस्पताल भर्ना भएका छन्।

पित्तथै लीमा पत्थर देखिएपछि बस्नेतलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आज बिहान भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । बस्नेतको आजै अप्रे सन गरिने छ।

यो पनि पढ्नुहोस  – काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने तयारी गरेकी छन् । गृहजिल्ला मोरङको क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दिने लगभग निश्चित भएको छ ।

राप्रपाको स्थानीय कमिटीले मोरङ ३ बाट रेखाको एकल नाम पार्टीमा सिफारिस गरेसँगै उनको उम्मेदवारी निश्चित भएको हो । उनले आफ्नो चुनावी अभियान पनि सुरू गरिसकेकी छन् । यद्यपि, पार्टीले निर्णय भने गर्न बाँकी छ ।

रेखा राप्रपाको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिइन् । राजेन्द्र लिङ्देनको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी उनलाई कुन्ती शाहीले पराजित गरिन् । त्यसपश्चात उनी केन्द्रीय सदस्यको हैसियतमा छिन् ।

मोरङ ३ रेखाको आफ्नै निर्वाचन क्षेत्र समेत हो । मोरङको सुन्दरहरैँचास्थित सलकपुरमा उनको जन्मघर छ । सोही क्षेत्रको विराटचोकमा उनले अध्ययन गरेकी हुन् । यस क्षेत्रमा राप्रपाको पार्टीगतसँगै रेखाको व्यक्तिगत प्रभाव पनि छ ।

अहिले चुनावीसभाका क्रममा मोरङ ३ कै कानेपोखरीमा रहेकी रेखाले जनताले आफूलाई विश्वास गरेर जिताउने आशा व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय