मुसिकोट ७ की लिलादेबिद्वारा नातिनीको जन्मदिनमा श्रीराम मन्दिरमा आर्थिक सहयोग

 गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर सातकी लिलादेबि काफ्लेले आफ्नी नातिनीको जन्मदिनको अबसरमा मन्दिरलाई आर्थिक सहयोग गर्नुभएको छ ।

नगरपालिकाको वडा नम्बर ७ काफलटोला निवसी स्व. लिलाधर काफ्लेकि धर्मपत्नी लिलादेबि काफ्लेले आफ्नि नातिनी, छोरा बुहारि सन्तोष/ सरस्वती काफ्लेकी छोरि शूहाना काफ्लेको शुभ जन्मदिनको अबसर पारि मुसिकोट नगरपालिका वडा नम्बर ७ काफलटोलामा रहेको श्रीराम मन्दिरलाई नगद पाच हजार रुपैया सहयोग गर्नुभएको हो ।

काफ्लेले आफ्नी नातिनी शुहानाले दोस्रो बसन्त पार गरि तेस्रो बसन्तमा प्रबेस गरेको अबसरमा आफ्नो गाउँमा रहेको श्रीराम मन्दिरको पूजा संचालनको लागि आर्थिक सहयोग गरेको बताउनुभएको छ ।

पछिल्लो समय फजुल खर्च गरि जन्मदिन मनाउने प्रचलन भएपनि लिलादेबि काफ्लेले भने नातिनीको जन्मदिनको अबरमा धार्मिक काममा खर्च गर्नुभएको हो ।

आफ्नी आमाले छोरिको जन्मदिनको अबसरमा पूजा ब्यबस्थापन जस्तो पबित्र धार्मिक कार्यमा खर्च गर्ने निर्णय गर्नु भएकोमा छोरा बुहारी सान्तोष/ सरस्वती काफ्लेले खुसी ब्यक्त गर्दै अब सबैले जन्म दिनमा फजुल खर्च गर्ने प्रचलनलाई हटाई धार्मीक तथा सामाजिक कार्यमा खर्च गर्ने बानीको बिकास गर्न सुझाव दिनुभएको छ ।

मन्दिरको पूजा ब्यबस्थापनका लागि प्राप्त आर्थिक सहयोग ग्रहण गर्दै पूजा ब्यबस्थापन समितिका अध्यक्ष नारायण काफ्लेले जन्मदिन परेकी शुहानालाई शुभकामाना ब्यक्त गर्दे उहाँको सम्पूर्ण परिवारको शु-स्वस्थ्य, दिर्घायु र उत्तर उत्तर प्रगतीको कामाना गर्दै सम्पूर्ण श्रीराम मन्दिर परवारको तर्फबाट धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय