वागलुङमा पिकअप जिप दुर्घटना : ४ जना घाईते

वागलुङ : गलकोट नगरपालिका वडा नम्वर ९ वाँसखोलामा पिकअप जिप दुर्घटना हुदा ४ जना घाईते भएका छन् ।वागलुङदेखि काँडेवास तर्फ जादैँ गरेको ग १ च ३७५७ नम्वरको पिकअप जिप मध्यपहाडि लोकमार्गमा आफैँ अनियन्त्रित भई सडक देखि करिव १० मिटर तल खस्न जाँदा ४ जना घाईते भएका छन् ।

जसमध्ये गलकोट नगरपालिका वडा नम्वर ११ काउछेका २५ वर्षिय लप्सन श्रीस, गलकोट नगरपालिका वडा नम्वर ८ का १९ वर्षिय सोनिसा सलामि, गलकोट नगरपालिका वडा नम्वर ८ कै २१ वर्षिय सुनिता दर्जि र गलकोट नगरपालिका वडा नम्वर ९ का सवारी चालक २४ वर्षिय जनम थापा दु्र्घटनामा परी सामान्य घाईते भएको हटिया प्रहरी चौकिले जनाएको छ । घाईतेहरुको ईमर्जेन्सि पोलिक्लिनिकमा उपचार भईरहेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडाैँ । २०७९ भदौ ११ गते (शनिबार), माैसम विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय