शेयर बजारका लगानी कर्ताहरुका लागि आयो फेरि अर्को खुसिको खबर

काठमाडौं – सिर्जनशील लघुवित्तले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता साधारण शेयर जारी गर्न लागेको हो जुन कम्पनीको जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत हुन् आउछ। लघुवित्तले निष्कासन गर्नेे कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्य जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ।

उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म थप हुनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

यो पनि पढ्नुहोस् – काठमाडौं – नेपालमा पछिल्लो समय आइपीओको चहलपहल निकै बढेको छ । नयाँ आइपीओहरु धमाधम सार्वजनिक भै रहेको छन् भने सोही अनुसार बाँडफाँड पनि भएका छन् ।

केही समय पहिला आइपीओ निष्कासन गरेको पिपुल्स पावर कम्पनीको शेयर भदौ १२ गते आईतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा आइतबार (भदौ १२ गते) दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री– अलोटमेन्ट बुधबार (भदौ ८ गते) सम्पन्न भैसकेको छ । यता, पिपुल्स पावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये ५% अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिका हुन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले पिपुल्स पावरलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ । केयर रेटिङले २४ मे २०२२ मा उक्त रेटिङ दिएको हो । यो रेटिङ २७ अप्रिल २०२२ सम्म कायम रहन्छ ।- आर्थीक शन्देशबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय