काठमाडौं – नेपालमा पछिल्लो समय आइपीओको चहलपहल निकै बढेको छ । नयाँ आइपीओहरु धमाधम सार्वजनिक भै रहेको छन् भने सोही अनुसार बाँडफाँड पनि भएका छन् ।
केही समय पहिला आइपीओ निष्कासन गरेको पिपुल्स पावर कम्पनीको शेयर भदौ १२ गते आईतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा आइतबार (भदौ १२ गते) दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री– अलोटमेन्ट बुधबार (भदौ ८ गते) सम्पन्न भैसकेको छ । यता, पिपुल्स पावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये ५% अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिका हुन् ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले पिपुल्स पावरलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ । केयर रेटिङले २४ मे २०२२ मा उक्त रेटिङ दिएको हो । यो रेटिङ २७ अप्रिल २०२२ सम्म कायम रहन्छ ।- आर्थीक शन्देशबाट