स्वर्गीय धिरजको सम्झनामा काँग्रेसले शोक सभा गर्यो

विष्णु प्रसाद आचार्य (चकित) गुल्मी/नबखबर

अकालमा मृत्युवरण गर्नुपरेका स्वर्गीय धीरज कार्कीको सम्झनामा नेपाली काँग्रेसले आज नवौँ दिनको पुण्य तिथी पारेर शोक सभा गरेको छ ।

नेपाली काँग्रेसका क्रियाशिल सदस्य टोप बहादुर कार्कीका छोरा तथा नेपाल विद्यार्थी सँघ रुद्रावती बहुमुखी क्याम्पस वामीकी पुर्व सभापति चन्दा कार्कीका दाजुको गत मँसिर १८ गते आफनै मोबाइल पसलमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । शोक सभामा नेपाली काँग्रेस मुसिकोटका नगर सभापति सुदर्शन शाक्यले स्वर्गीय धीरजको तस्बिरमा पुष्पगुच्छा तथा अबीर लगाएर श्रद्धाञ्जली व्यक्त गर्दै धीरजको अकालको मृत्युले परिवारमा मात्र नभएर छरछिमेक तथा सिङ्गो नेपाली काँग्रेसलाइ मर्माहत बनाएको बताउनुभयो । कार्यक्रममा पार्टीको तर्फबाट नेपाली काँग्रेसका वडा सचिव डिलाराम खरेलले शोकपत्र तथा समवेदना पत्र वाचन गरेर परिवारलाइ हस्तान्तरण गर्नुृभएको थियो ।

शोक सभामा नेपाली काँग्रेस मुसिकोट वडा नं ८ का वडा सभापति तारा बहादुर रायमाझी, वडा नं ७ का कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटा,महेश प्रसाद श्रेष्ठ, लेम बहादुर बोहोरा, लीलाकान्त सापकोटा, लगायत भातृ सँगठनका प्रतिनिधी तथा पार्टीका कार्यकर्ता, क्रियाशिल सदस्यहरुको उपस्थिती रहेको कार्यक्रमको सभापतित्व पार्टीको वरिष्ठ सल्लाहकार भीमलाल सापकोटाको रहेको थियो भने सञ्चालन पार्टी सचिव डिलाराम खरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय