बडिगाडमा आधारभूत स्वास्थ्य केन्द्रको सिलन्यास !

सागर भण्डारी,बाग्लुङ।

बाग्लुङको बडिगाड गाउँपालिका वडा नं २ खर्बाङमा आधारभूत स्वास्थ्य केन्द्र भवनको सिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले केन्द्रको सिलन्यास गर्नुभएको हो ।

सिलन्यास कार्यक्रममा बोल्दै मेयर पाईजाले स्वास्थ्य केन्द्रको आफ्नै भवन नहुँदा यस अगाडी सेवा प्रवाहमा समस्या हुँदै आएकोमा भवन निर्माण पश्चात अब नागरिकले सहज सेवा पाउने बताउनुभयो । साथै उहाँले आधारभूत स्वास्थ्य सेवाको अधिकार पाउने नागरिकको अधिकारलाई प्रत्याभूत गर्न गाउँपालिका लागि परेको पनि बताउनुभयो । सिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष पाईजाले जग्गादाता प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सघिंय सरकारको ३८ लाख बजेटमा स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न लागिएको छ । भवन निर्माणका लागि स्थानीय नरिश्वर खरेलले ३ रोपनी जग्गा निशुल्क प्रदान गर्नुभएको छ । आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको काम सुरु भएको र १ वर्ष भित्र निर्माण सम्पन्न हुने बताईएको छ ।

कार्यक्रमका विशेष अतिथि एवम् प्रमुख प्रकाशकीय अधिकृत बालकृष्ण सुवेदीले स्वास्थ्य केन्द्र भवन निर्माणमा आएसगैं सेवा प्रवाह छिटो र सहज हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय