आइपीओमा आबेदन दिनेको लर्को, ९१ हजारले शेयर पाउने आइपीओमा २० लाखको आवेदन

काठमाडौं – नेपालमा अझै पनि आइपीओमा धेरैको आकर्षण रहेको छ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब २४ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०३ बजेसम्ममा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको हो । यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३.७० गुणा बढी हुन आउँछ ।

लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । सयपत्री हाईड्रोपावर कम्पनी लिमीटेडले साउन १३ गतेबाट १६ गतेसम्म निष्काशन गरेको आईपिओ प्रि अलटमेन्ट सम्पन्न गरेको छ । । कम्पनीको बिक्री प्रबन्धक एन आई बि एल एस क्यापीटलमा सोमबार सम्पन्न भएको हो ।

प्रि अलटमेन्ट सम्पन्न भएसँगै आइपिओ बाडफाँड मंगलबार ( साउन २४ गते) बाँडफाँट गर्ने भएको छ । क्यापिटलका अनुसार हाल समय र बाँडफाँ हुने ठाउँ निर्धारण गरि सकेको छैन ।

कम्पनीले कुल ७ लाख २९ हजार ६० कित्ता आईपिओ निष्काशन गरेको थियो । कुल कित्ताको ५ प्रतिशत अर्थात ३ हजार सामुहिक लगानी कोष २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षीत गरी बाँकी ६ लाख ७ण् हजार ५८६ कित्ता सवैसाधारणलाई छुट्याइएको थियो ।

कम्पनीको आईपिओ अन्तिम दिन १५ लाख २३ हजार ७ सय ३ जना लगानीकर्ताको १ करोड ७२ लाख ४५ हजार ८० कित्ताको लागि आबेदन परेको थियो। यो संख्या माग भन्दा २५।७१ गुणा बढि हो । मागभन्दा धेरै आबेदन परेको हुनाले गोलाप्रथाबाट बाँडफाड गरीनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय