कस्तो रहला तपाँईको यो साता, हेर्नुहोस् साप्ताहिक राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रारम्भमा परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले बिस्तारै सफलताको खुड्किलो चढ्न सकिनेछ। बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सफल भइनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। नयाँ काम तथा सीप सिक्ने अवसर प्राप्त हुनेछ। साताको उत्तरार्द्धमा पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। रकम सञ्चय नभए पनि आयस्रोत बढ्नाले घर–परिवारका समस्या समाधान हुनेछन्।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – सुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। उपहार तथा आतिथ्यपूर्ण सम्मान पाइनेछ। साेमवार र मंगलवार भने शारीरिक तथा मानसिक रूपमा कमजोर भइनेछ। अर्थअभावले कामको योजना रोकिन सक्छ। बिहीवार दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ र भाग्यले साथ दिनेछ। प्रयत्न गर्दा कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। समस्या दर्साउँदा विशिष्ट व्यक्तिको साथ पाइनेछ। व्यापार–व्यवसायमा पनि उत्साह बढ्नेछ। सप्ताहान्तमा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। कर्मयोगबाट प्रशस्त धन प्राप्त गर्न सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – प्रतिस्पर्धीहरू पछि हट्नाले काममा उत्साह जाग्नेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। रमाइलाे शैक्षिक तथा व्यावसायिक भ्रमण हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बुधवारपछि स्वास्थ्य कमजोर रहनेछ र आम्दानी घट्नेछ। आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ। तापनि विशेष जिम्मेवारी पाइनेछ र दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा भने अधिक खर्च हुने र काम राेकिने सम्भावना छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – अध्ययनमा ध्यान केन्द्रित हुनेछ। मिहिनेत एवं योग्यताले विशेष उपलब्धि दिलाउन सक्छ। आँट गर्दा ठूलै काम सम्पादन हुन सक्छ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिने सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। सप्ताहान्तमा भने स्वास्थ्य कमजाेर रहनेछ। काममा पनि वादविवादले केही समस्या निम्त्याउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – सुरुमा अस्वस्थता र घरेलु समस्याले काममा बाधा हुन सक्छ। आफ्ना कमजोरी बाहिरिनाले अवसरवादीहरू जुर्मुराउनेछन्। तापनि साेमवारदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। व्यवसायतर्फ प्रतिस्पर्धीहरू कमजाेर हुनेछन्। रचनात्मक काममा प्रवृत्त भइनेछ। व्यापारमा विशेष फाइदा हुनेछ। व्यवसायले यात्राकाे साइत जुराउन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – राम्राे अवसर जुट्नाले ठूलै काममा प्रवृत्त भइनेछ। हिम्मतले दिगो फाइदा दिलाउन सक्छ। सोमवार र मंगलवार भने केही पारिवारिक उल्झन देखापर्नेछन्। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्ना कमजाेरीमा अवसर खाेज्नेहरूबाट सजग रहनुपर्ला। तापनि मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जाेखिम समेत टर्नेछ। बुधवार दिउँसाेदेखि शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले परिस्थिति अनुकूल बन्नेछ। तारिफयाेग्य कामले मानसम्मान दिलाउनेछ। अध्ययनमा जुट्नेहरूलाई राम्राे प्रगति हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – साता सुरुकाे अनुमानभन्दा फलदायी रहनेछ। साथीभाइकाे साथ–सहयाेग जुट्नाले धेरै काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। परिस्थितिमा सुधार आउनेछ भने हिम्मतले काम लिन सकिनेछ। मेहनतले आम्दानीको दिगो स्रोत जुटाउने समय छ। प्रतिभाकाे उचित मूल्यांकन हुनेछ। व्यापार र उद्योगमा पनि राम्रै फाइदा हुनेछ। व्यवसायिक यात्राकाे साइत जुर्न सक्छ। अग्रजहरूकाे सहयाेगले पहिलेका कमजाेरी सुधार्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा भने स्वास्थ्य कमजाेर बन्नाले आलस्य जाग्नेछ र काम राेकिने डरले सताउनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – बीचमा केही उल्झन आए पनि साता फलदायी रहनेछ। आँट गर्दा जटिल काम समेत सम्पादन हुनेछ। दिगाे काम थाल्न सकिनेछ। साेमवार र मंगलवार वादविवादमा परिने सम्भावना देखिएकाले लेनदेन र सिसाबकिताबमा सजग रहनुहोला। बुधवारपछि शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले काम बन्नेछ, व्यापार बढ्नेछ र फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन् र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सप्ताहान्तमा पारिवारिक मतभेद देखापर्न सक्छ। आफ्नै सुरले काम गरे पनि अरूकाे सुझावलाई ध्यान दिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। केही फजुल खर्च पनि बढ्न सक्छ। साेमवारदेखि भेटघाटमा अलमलिनुपर्ला। कामका लागि केही दिन परिस्थिति अनुकूल नहुन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहाेला। बुधवारपछि स्थितिमा सुधार आउनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ र मिहिनेतले अवसर पनि दिलाउनेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। परिश्रमअनुसार राम्रै प्रतिफल पाइनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। असल कामले प्रसिद्धि दिलाउन सक्छ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि – प्रारम्भमा काम बन्नेछ, व्यापार बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतअनुसार राम्रै उपलब्धि प्राप्त हुनेछ। साेमवार र मंगलवार खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइ टाढा हुनेछन् र काम बिग्रनाले दुःख पाइनेछ। बुधवार दिउँसाेदेखि स्थितिमा सुधार आउनाले समस्या टर्नेछ। आफन्तकाे साथ–सहयाेग जुट्नाले काम बन्नेछ। समय लागे पनि परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनाले आम्दानी समेत बढ्नेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – विशेष अवसर जुट्नाले ठूलै कामतर्फ आकर्षित भइनेछ। हिम्मतले पनि अवसर दिलाउनेछ र नयाँ योजना सुरु हुनेछ। आयस्राेत पनि सबल बन्नेछ। साथीभाइ बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। सामाजिक काम सम्पादन हुनेछ। पहिलेका समस्या पनि समाधान हुनेछन्। मिहिनेत गर्दा सफलताको उचाइमा पुग्न सकिनेछ। बुधवारपछि खर्चिलो काम गर्नुपर्ला। खर्च लागे पनि समस्या सुल्झाउन मुस्किल पर्नेछ। अभाव टार्न कर्जा लिनुपर्ने हुन सक्छ। सप्ताहान्तमा पारिवारिक भेटघाटको आनन्द प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – साता फलदायी रहनेछ। प्रारम्भमा एकपछि अर्को अवसर आउनाले उत्साहित भइनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा खर्चिलो कामको योजना अघि बढ्नेछ। लगानी जुटाउन ऋण–सापट लिनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय