एक जना विद्यार्थी नेताको विवाह भोज खान काँग्रेस नेताहरु हेलिकप्टर चढेर बाग्लुङ पुगेका छन् । विहे भोज खान र नवविवाहित जोडीलाई बधाई दिन हेलिकोप्टर लिएर बाग्लुङ पुग्ने नेताहरुमा कांग्रेस महामन्त्री डा। शसांक कोइराला लगायत छन् ।
विद्यार्थी नेता समेत रहेका सागर परियारको विवाह भोज खान महामन्त्री डा। शसांक कोइराला , डा। मिनेन्द्र रिजाल, दीपक गिरी, बद्री पाण्डे, गुरु घिमिरे लगायतका नेताहरु हेलिकोप्टर चढेर बागलुङ पुगेका छन् ।

बाग्लुङ नगरपालिका १४ स्थित नारायणस्थानमा रहेको परियारको घरमा भएको विवाह भोजको आयोजना गरिएको थियो । त्यसका लागि कोइरालासहित कांग्रेसका केन्द्रीय नेताहरु हेलिकोप्टरमा पुगेका हुन् ।
विवाह उत्सवमा व्यवसायी दक्ष पौडेल पनि पुगेका थिए । उनी पनि नेताहरुसंग हेलिकप्टरमा गएका थिए । उनीहरु प्रभु एयरलाइन्सको हेलिकोप्टरबाट दुइ पटकमा नारायणस्थान झरेका थिए ।
विवाह उत्सवमा उपस्थित भएर परियारलाई नेताहरुले आर्शिवाद दिएका छन् । परियार पनि नेविसंघको निवर्तमान केन्द्रीय उपाध्यक्ष हुन् । उनको गलकोटस्थित लक्ष्मी परियारसँग विवाह भएको थियो ।