महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाइ आधारभूत तालिम

महेन्द्र घिमिरे,गुल्मी/ नब खबर

महिला सामुदायिक स्वास्थ स्वमसेविकाहरुलाइ आधारभूत तालिम एक समारोह बिच समापन गरिएको छ।

स्वास्थ कार्यलय गुल्मी को आयोजना तथा मुसिकोट नगरपालिका स्वास्थ्य शाखाको सहजीकरणमा मुसिकोट नगरपालिका भित्रका २६ जना नया स्वम सेविकाहरु लाई आधारभुत तालीम प्रदान गरिएको हो । पहिलो चरण अन्तरगतको ९ दिनको तालीम समापन गरिएको हो भने दोस्रो चरणको ९ दिनको तालीम पछि उपलब्ध गराइने छ।
यश आधारभुत तालीमले स्वम सेविकाहरुलाइ कार्यक्षेत्रमा काम गर्दा सहज र अनुभव प्रदान गर्ने छ।
समापन कार्यक्रममा बोल्दै उप प्रमुख तथा प्रमुख अतिथी कमला सर्माले बिपद तथा कोरोना को समय

मा स्वास्थ्य स्वम सेविकाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी खट्नुहुने आशा ब्यक्त गर्नुभयो ।
‌मुसिकोट नगरपालिका स्वास्थ्य सम्योजक डिबि जिसि ले स्वमसेबिकाहरुले तालीममा सिकेका कुरा ब्यहबार उतारी काम गर्न अनुरोध गर्नुभएको छ। उत्त समापन कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल एफ सि ह्च यु आधरभुत तालीम सभापति श्री कृष्ण भट्टराई मुसिकोट स्वास्थ्य सम्योजक डि बि जि सि उप सम्योजक पुष्कर गौतम स्वसेबिकाहरु लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय