काठमाण्डौ । साताको दोस्रो दिन नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २१९३ विन्दुमा आएको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । २१७ कम्पनीहरूको शेयर किनबेचमा ३ अर्ब २९ करोड भन्दा धेरैको कारोबार भएको छ । आज कारोबार भएका मध्य ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । ९२ भन्दा धेरै कम्पनीको शेयर मूल्य घटेर कारोबार हुँदा ब्यापार उपसूचकमा धेरै वृद्धि भएको छ । आज बिमा समूहको उपसूचक सबै भन्दा धेरै घटेको छ भने शिवम् सिमेन्टको शेयर धेरै मूल्यको किनबेच भएको छ ।

यो पनि पढ्नुहोस् – काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आइपीओ केही समयमै बाँडफाड हुने भएको छ । अहिले बाँडफाडको सम्पुर्ण तयरी सकिएको विक्री प्रवन्धकले आर्थिक सन्देशलाइ बताएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडको कार्यालय, नक्सालमा शेयरको बाँडफाँड हुने छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १६ लाख १० हजार ९ सय २६ जना लगानीकर्ताहरूले १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका थिए । उक्त संख्या सर्वसाधारणको लागि छुट्याइएको भन्दा १६।५३ गुणा धेरै हो ।
कम्पनीको शेयर बाँडफाँड भएपछि यहाँ गएर नजिता सबैभन्दा पहिला हेर्न सकिन्छ । – आर्थिक संदेश