ict तथा डिजिटल साक्षरता सम्बन्धि १० दिने तालिम भैरहवामा सम्पन्न

विष्णुप्रसाद आचार्य चकित-शिक्षा तालिम केन्द्र लुम्बिनी प्रदेश भैरहवाको आयोजनामा संचालन भएको १० दिने ict तथा डिजिटल साक्षरता सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ |

आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आयोजना गरिएको कार्यक्रम गत असार २० गतेदेखि २९ गतेसम्म संचालन भएको थियो |

१० दिनसम्म संचालन भएको डिजिटल साक्षरता तथा ict सम्बन्धि तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट आधारभूत र माध्यमिक गरि जम्मा ५० जना शिक्षक सहभागी भएको प्रशिक्षक होमराज खड्काले जानकारी दिनुभयो

सोहि समयमा तालिम केन्द्र भैरहवामा प्रधानाध्यापकको क्षमता विकाश र सामाजिक विषय शिक्षकहरुलाईसमेत तालिम दिइएको प्रशिक्षक तथा शाखा अधिकृत मनोज नेपाली सिर्मलले बताउनुभयो |  ict समुहका ५० जना सहभागीहरुलाइ आधारभूत र माध्यमिक गरि २ समुहमा विभाजन गरि २ जना प्रशिक्षकले तालिम अवधिभर सहजीकरण गर्नुभएको थियो |

वर्तमान समय प्रविधिको प्रयोगको उच्च समय भएकोले अबका विद्यालयीय सिकाइलाई प्रविधिमा आधारित सिकाइ बनाउनुपर्ने अवसर र चुनौती समग्र समुदायमा आएकोले शिक्षकहरु समयानुकुल स्वभावैले दिनानुदिन तिब्र विकाश भैरहेको प्रविधिको प्रयोगसंग हातेमालो गर्नुपर्ने कुराको विकल्प नरहेको र विश्व बजारले चाहेको जनशक्ति यसबाट मात्र उत्पादन हुनसक्ने प्रशिक्षक मनोज नेपालीले बताउनुभयो |

प्रशिक्षणकै क्रममा प्रशिक्षक होमराज खड्काले तिब्र रुपमा विकाश भैरहेको प्रविधिलाई भोलि सिक्नुपर्ला भनेर कहिले गन्तव्यमा नपुगिने भन्दै प्रत्येक पलमा विकाश भैरहेको नविन आविश्कारसंग साक्षात्कार गरिहाल्नुपर्ने उहाले बताउनुभयो | सत प्रतिशत सिकाइ सम्पन्न गर्छु भनेर लागेर असफल हुनुभन्दा सुरुवात गर्छु र सफल हुन्छु भनेर प्रतिवाद्दतता जनाउने हो भने विश्व जता हिडिराखेको छ उतै संगसंगै पुगिने नत्र बिचमै छोडीन सक्ने डर हुने उहाले बताउनुभयो |

तालिममा सहभागी शिक्षकहरुले विगतका केहि तालिम तालिममा मात्र सिमित रहेको भएपनि यसपालिको तालिम भने अपेक्षा गरेभन्दा धेरै गुणा व्यावहारिक र उपलब्धिमुलक रहेको र यस सिकाइलाई विद्यालयीय सिकाइमा प्रयोग गर्ने प्रतिवद्दता जनाउदै प्रशिक्षकलाइ आभार प्रकट गरेका गरेका थिए |

तालिमको उद्घाटन सत्र र समापन सत्रको अध्यक्षता तालिम प्रमुख भोज बहादुर केसीले गर्नुभएको थियो | सहभागीको तर्फबाट शुशिला गौतम,बिक्रम भण्डारी र ओमलाल गिरीले धन्यवाद मन्तब्य व्यक्त गर्नुभएको थियो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय