गुल्मीमा फेरि बढदै कोरोना

अनिष पन्थी,गुल्मी,असार ३० । केही समय अगाडि गुल्मीमा शुन्यमा झरेको कोभिड फेरि उकालो लागेको छ।

गुल्मीमा पछिल्लो तीन दिनको डाटा हेर्दा आजसम्म सात जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ। हालसम्म रेसुङ्गा नगरपालिकाका पाँच जना पुरुष र दुई जना महिलामा सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा गुल्मीमा पाँच जनामा सङक्रमण पुष्टि भएको छ।
गुल्मीमा हालसम्म काेराेना संक्रमणबाट दुई सय ८८ जनाको मृत्यु भइसकेकाे छ । जिल्ला भित्र ८५ जना र जिल्ला बाहिर दुई सय ३ जनासहित कुल दुई सय ८८ जनाको काेराेना भाइरसकाे संक्रमणका कारणले मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीको तथ्यांकमा उल्लेख गरिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय